नेपाल स्टक एक्सचेन्ज लिमिटेड वि.सं. २०५० सालमा स्थापना भएको हो । यसको मुख्य उद्देश्य नेपालमा पुँजी बजारको संस्थागत विकासका लागि धितोपत्र विनिमय बजारको रुपमा कार्य गरी आन्तरिक पूँजीको परिचालनमा गतिशिलता तरलता र सुलभता ल्याउने तथा स्वस्थ कारोबारका लागि आवश्यक व्यवस्था मिलाउने रहेको छ ।