सूचीकृत धितोपत्रहरुको कारोबार गर्ने गराउने मुख्य उद्देश्य स्टक एक्सचेन्जको हुन्छ । नेपालमा सरकारले वि.सं. २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना गरेको थियो । यही केन्द्रलाई २०५० सालमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा रुपान्तरण गरिएको हो ।
नेप्सेले सार्वजनिक रुपमा जारी भएका धितोपत्रहरुको सहज कारोबारका लागि दोस्रो बजारमा दर्ता गराउने कार्य गर्दै आएको छ । यो कार्यलाई सूचीकरण भनिन्छ ।
सूचीकरण भएका धितोपत्रहरुको किनबेचका लागि नेप्सेले कम्प्युटरकृत स्वचालित कारोबार प्रणाली उपलब्ध गराउँदै आएको छ । यो प्रणालीमा आवद्ध सदस्य दलालहरुले आआफ्नै कार्यालयबाट लगानीकर्ताहरु लाई धितोपत्र किनबेच सेवा प्रदान गर्न सक्छन् ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुँजी संरचना
१. नेपाल सरकार ५८.६६ प्रतिशत
२. नेपाल राष्ट्र बैंक ३४.६० प्रतिशत
३. नेपाल औद्योगिक विकास निगम ६.१२ प्रतिशत
४. सदस्य व्यवसायीहरु ०.६२ प्रतिशत
