ceo001नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) कम्पनी ऐन अन्तर्गत दर्ता भएको सरकारी स्वामित्वको विशिष्टिकृत संस्था हो । यो धितोपत्र सम्बन्धी ऐन अनुसार सञ्चालित छ । यसको प्रमुख उद्देश्य नेपाल सरकार तथा संगठित संस्थाहरुले जारी गरेका धितोपत्रहरुको कारोबारका लागि दोस्रो बजार उपलब्ध गराई पुँजी निर्माण तथा परिचालनमार्फत मुलुकको आर्थिक विकासमा योगदान एवं लगानीकर्ताको हित प्रवद्र्धन गर्ने रहेको छ । यसले सदस्य दलालहरुमार्फत सेयर, ऋणपत्र, म्युचुअल फन्डका एकाई लगायतका धितोपत्रहरुको कारोबार गर्ने/गराउने उद्देश्य अनुरुप नेप्सेले बजार सञ्चालन, सूचीकृत कम्पनी एवं धितोपत्र व्यवसायीहरुका सन्दर्भमा अग्रपक्तिंको नियमन निकायको भूमिका पनि निर्वाह गर्दै आएको छ भने सूचना प्रवाह एवं संस्थागत सुशासनको संस्कृति प्रवद्र्धनलाई पनि नेप्सेले जोड दिएको छ ।
हाल नेप्सेले ५० सदस्य दलालमार्फत काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिर प्रमुख सहरहरुमा ४१ वटा Remote Work Station (RWS) बाट सर्वसाधारण लगानीकर्तालाई धितोपत्र किनबेच सुविधा उपलब्ध गराइरहेको छ । बजारको आकार, कारोबारको प्रकृति, कारोबार हुने वित्तीय औजार, ऐन नियम, कारोबारका लागि प्रयुक्त प्रविधि, अन्य भौतिक पूर्वाधार, जनशक्ति लगायतका कारणले नेपालको पुँजी बजार विकासको प्रारम्भिक चरणमा रहेको छ । पुँजी बजारलाई परिपक्व बनाई मुलुकको आर्थिक विकासमा टेवा पु¥याउनुका साथै लगानीकर्ताको हित प्रवद्र्धन गर्दै जाने चुनौती नेप्से सामु छ । अर्थतन्त्रको मियो मानिने सेयर बजार सञ्चालन गर्ने जिम्मेवारी पाएको एक मात्र निकाय भएकोले नेप्सेले निर्वाह गर्नुपर्ने भूमिका अझ गम्भीर रहेको छ । परिवर्तनशील राष्ट्रिय–अन्तर्राष्ट्रिय आर्थिक तथा व्यावसायिक वातावरण अनुरुप नेप्सेले समेट्दै आएको कामसँग सम्बन्धित विषयमा समयानुकूल सुधार हुदैँ पनि आएको छ । आधुनिक समयमा पुँजी बजारको विकासको क्रम तीव्र गतिमा भैरहेको सन्दर्भमा सुधार कार्यलाइ निरन्तरता दिनु आवश्यक छ ।
त्यसै गरी नेप्से South Asian Federation of Exchanges को संस्थापक सदस्य एवं हाल Executive Board Member रहेको छ । साथै नेप्से World Federation of Exchanges को Affiliate Member रहेको र छिट्टै Full Membership लिनका लागि पहल भई रहेको छ । हाल क्षेत्रीय एवं अन्तराष्ट्रिय सभा तथा बैठकहरुमा cross border listing, regional index calculation जस्ता विषयहरुमा छलफल हुने र भविष्यमा सो कार्यहरुमा समेत नेप्सेको सहभागिता हुन सक्ने देखिन्छ ।
दीर्घकालिन रुपमा पुँजी बजार विकासका लागि सुसुचित लगानिकर्ता अपरिहार्य हुने कुरालाई मध्यनजर गर्दै नेप्सेले विविध शिक्षमुलक सामाग्रीहरु प्रचारप्रसारमा ल्याएको छ । त्यही कार्यको निरन्तरता स्वरुप नेप्सेले वेभसाइटमा लगानीकर्ताहरुका लागि नयाँ शिक्षाप्रद पोर्टल विकास गरेको छ । यसले लगानीकर्तालाई सुसुचित लगानी गर्न सहयोग गर्ने विश्वास हामीले गरेका छौं । यस पोर्टलमा रहेका सामाग्रीहरु पर्याप्त नहुन पनि सक्छन् । त्यसैले यसलाई थप परिमार्जित र विकसित गर्दे लैजानका लागि सरोकारवाला सबैको राय सुझावको अपेक्षा हामीेले गरेका छौं ।

चन्द्रसिंह साउद
प्रमुख कार्यकारी अधिकृत