धितोपत्रमा लगानीको मुख्य उद्देश्यहरुमा सुरक्षित, उच्च प्रतिफल तथा तरलता हुनुपर्छ । एउटा उद्देश्य प्राप्त गर्न खोज्दा अर्को उद्देश्यमा असर पर्ने हुँदा यी उद्देश्यहरुमा आवश्यक सन्तुलन कायम गर्नुपर्दछ ।
धितोपत्रमा सुरक्षित लगानी भनेको तुलनात्मक विषय हो । कुनै धितोपत्र बढी जोखिमयुक्त हुन्छन भने कुनै कम । शुन्य जोखिम भएका धितोपत्र हुदैनन्। त्यसैले आफ्नो जोखिम वहन गर्न सक्ने क्षमता अनुसारको धितोपत्र रोज्नुपर्छ ।
धितोपत्र वा अन्य कुनै व्यापार व्यवसायमा जोखिम र प्रतिफल एकअर्कासँग जोडिएका विषय हुन् । प्राय उच्च प्रतिफल दिने धितोपत्रहरुमा जोखिम पनि उच्च नै हुन्छ । लगानीकर्ता जोखिम र प्रतिफलबीचको यो सम्बन्ध बारे जानकार हुनुपर्छ ।
परेको बेला तुरुन्तै बेचेर नगदमा परिणत गर्न सकिने धितोपत्रलाई तरल भनिन्छ । स्टक एक्सचेन्जमा बारम्बार कारोबार हुने धितोपत्रहरु तरल हुन्छन् ।

अन्यका सबै सामग्रीहरु

अन्य सामग्रीहरु