दोस्रो बजारमा धितोपत्रको बजार मूल्य मुख्यतया माग तथा आपूर्तिबाट निर्धारण हुन्छ । धितोपत्र खरिद गर्न चाहने लगानीकर्ताहरु बढी भए मूल्य बढ्छ र बिक्री गर्न चाहने लगानीकर्ताहरुको चाप बढी भए मूल्य घट्छ ।
धितोपत्रको माग तथा आपूर्तिलाई असर गर्ने कारणहरु भने धेरै हुन्छन् । सम्बन्धित कम्पनीको नाफा नोक्सान, व्यवस्थापन तथा सञ्चालन समूह, कार्य सम्पादन र सञ्चालन नतिजा, लगानीकर्तालाई प्रदान गरिने प्रतिफल, कम्पनीको विकास र विस्तारको सम्भावना जस्ता पक्षहरुले मूल्यमा प्रभाव पार्दछन् ।
कम्पनीले व्यवसाय गरिरहेको क्षेत्र, व्यावसायिक वातावरण, मुलुकको समग्र आर्थिक तथा राजनीतिक अवस्था, लगानीकर्ताको मनोबलले पनि मूल्यलाई असर गरिरहेका हुन्छन् ।

अन्यका सबै सामग्रीहरु

अन्य सामग्रीहरु