स्टक एक्सचेन्जमा सूचीकृत धितोपत्रहरुको कारोबार भएको दिनको कुल बजार मूल्य र आधार वर्षको कुल बजार मूल्य बीचको अनुपात नै बजार परिसूचक हो । सूचीकृत धितोपत्रको मूल्य बढेमा यो परिसूचक बढ्ने र मूल्य घटेमा घट्ने गर्दछ । नेपाल स्टक एक्सचेन्जले प्रत्येक कारोबार भएको दिन यस प्रकारको परिसूचक गणना गर्दछ । यसलाई नेप्से परिसूचक भनिन्छ । यसले समग्र बजारको प्रतिनिधित्व गर्छ ।

धितोपत्र सूचिकरण विनियमावली, २०५३ मा व्यवस्था भएको शर्तहरु (चुक्त पुँजी कम्तिमा रु. २ करोड भएको, साधारण सेयर धनीहरुको संख्या १००० भएको, कम्तिमा तीन वर्ष देखी लगातार मुनाफामा रहेको, सेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र उक्त आ.व.को कारेबार विवरण तथा आय व्यय विवरण पेश गरेको) पूरा गर्ने कम्पनीलाई नेप्सेले ‘क’ वर्गमा वर्गिकृत गर्दै आएको छ । ‘क’ वर्गमा रहेका कम्पनीहरु लाई मात्र समेटेर गणना गरिने परिसूचक सेन्सेटिभ परिसूचक हो ।

यसैगरी सूचीकृत कम्पनीहरु बाट सर्वसाधारणमा जारी भएका सेयरहरु लाई मात्रै समावेश गरेर गणना गरिएको परिसूचक फ्लोट परिसूचक हो ।

अन्यका सबै सामग्रीहरु

अन्य सामग्रीहरु