राष्ट्रिय वचत तथा लगानी एवं अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्दै अर्थतन्त्रको पुँजी लागतमा कमी ल्याउने गरी पुँजी बजारलाई सक्षम, गतिशील र विकसित बनाउने लक्ष्यका साथा धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम नेपाल सरकारबाट वि.सं. २०५० साल जेष्ठ २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना भएको हो । यसका मुख्य उद्देश्य भनेको पुँजी बजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गरी धितोपत्रको निष्काशन, खरिद, बिक्री वितरण तथा विनिमयलाई व्यवस्थित बनाई धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्ति हरुको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गर्ने रहेको छ ।
बोर्डले नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेड, शाख मुल्यांकन संस्था, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, निष्काशनकर्ता कम्पनी, सूचिकृत कम्पनी, सामुहीक लगानी कोष, निक्षेप सदस्य र आस्वा प्रणलीमा आवद्ध संस्थाहरुको नियमन गर्दछ ।

अन्य सामग्रीहरु