सबै खाले धितोपत्रमा गरिने लगानी जोखिममुक्त हुँदैन साधारण सेयरमा गरिने लगानीलाई अन्य धितोपत्रमा गरिने लगानीभन्दा बढी जोखिमपूर्ण मानिन्छ किनभने यसमा लाभांशको ग्यारेन्टी गरिएको हुदैन त्यसैगरी सेयरको बजार मूल्य सधैं बढीरहन्छ भन्ने पनि निश्चित हुदैन
निजी क्षेत्रका पब्लिक कम्पनीले जारी गर्ने ऋणपत्र (डिबेन्चर)को हकमा तोकिएको समय दरमा ब्याज तथा साँवा भुक्तानी गर्ने शर्त रहने हुँदा यसलाई सेयर भन्दा कम जोखिमपूर्ण मानिन्छ बजार मूल्यमा उतारचढावको जोखिम भने यसमा पनि रहेकै हुन्छ
यस्तै सरकारी धितोपत्रमा तोकिएको समय तोकिएको दरमा ब्याज प्रदान गरिने तोकिएको अवधिमा सावाँ भुक्तानी समेत निश्चित हुने हुँदा यस्ता धितोपत्रलाई जोखिममुक्त मानिन्छ

अन्यका सबै सामग्रीहरु

अन्य सामग्रीहरु