संगठित संस्थाहरुले आफ्नो पुँजीको आवश्यकता पुरा गर्न सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा बिक्री गर्दछन् । यसले लगानीकर्ताहरु लाई लगानीको अवसर प्रदान गर्नुका साथै उनीहरुलाई व्यवसाय सञ्चालनबाट प्राप्त मुनाफामा सहभागी हुन सक्ने अवसर प्राप्त हुन्छ । धितोपत्रको माध्यमबाट लगानीकर्तासँग छरिएर रहेको बचत रकम उद्योग धन्दामा परिचालित भई देशको आर्थिक विकासमा योगदान पुग्दछ ।
एक पटकमा पचास जना भन्दा बढी व्यक्तिहरुलाई विवरणपत्र प्रकाशन गरी साधारण सेयर बिक्री गरिने विधिलाई प्रथम सार्वजनिक निष्कासन (आइपिओ) भन्छन । यसैगरी अग्राधिकार सेयर तथा ऋणपत्र निष्कासन गर्न सकिन्छ ।
साबिकका सेयरधनीहरुलाई लक्षित गरी थप सेयर निष्कासन गर्ने कार्यलाई हकप्रद सेयर निष्कासन भनिन्छ । संगठित संस्थाले आफ्नो मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी साविकका सेयरवालाहरुलाई गरिने थप सेयर निष्कासन बोनस सेयर निष्कासन हो ।
बढीमा पचास जनासम्म लगानीकर्ताहरुलाई लक्षित गरी चिठ्ठी, पत्र वा कुनै पनि विद्युतीय सञ्चार माध्यमबाट गरिने धितोपत्रको निष्कासन परिपत्र विधि हो । एक पटक आइपिओ गरिसकेका कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न नयाँ निष्कासन (फर्दर पब्लिक इस्यु) गर्न सक्छन् ।

अन्यका सबै सामग्रीहरु

अन्य सामग्रीहरु