धितोपत्र बजार सम्बन्धी पर्याप्त जानकारी नभएका र बढी जोखिम लिन नचाहने लगानीकर्ताहरुले सामूहिक लगानी कोषहरु (म्युचुअल फन्डमा लगानी गर्न सक्दछन् । यस्ता कोषहरुले लगानीकर्ताहरुलाई एकांक निष्कासन गर्दछन् र संकलित रकम विभिन्न किसिमका धितोपत्रहरुमा दक्ष तथा ब्यावसायिक रुपमा लगानी गर्ने कोषहरुको उद्देश्य रहेको हुन्छ ।
यसरी गरिएको लगानीबाट प्राप्त प्रतिफलमा कोषले व्यवस्थापन शुल्क तथा अन्य खर्चहरु कटाई बाँकी रकम सम्बन्धित लगानीकर्ताहरुलाई नै वितरण गर्दछ ।
म्युचुअल फन्डको खुलामुखी योजनामा लगानीकर्ता जुनसुकै समयमा पनि सहभागी हुनसक्छन । यस्तो योजना परिपक्व हुने निश्चित अवधि तोकिएको हुदैन । लगानीकर्ताले आफुँसंग भएको एकांक जनुसुकै समयमा बेच्न सक्छन र किन्न पनि सक्छन । प्रचलित खुद सम्पत्ति मूल्यका आधारमा यसको किनबेच हुन्छ ।
म्युचुअल फन्डको बन्दमुखी योजना निश्चित परिमाण र निश्चित समयका लागि सञ्चालित हुन्छ । पूर्व निर्धारित समयावधिमा लगानीकर्ताले योजनाको एकांक किन्न पाउँछन । योजना परिपक्व भएपछि लगानीकर्ताले प्रचलित खुद सम्पत्ति मूल्यमा एकांक बिक्री गर्छन ।

अन्यका सबै सामग्रीहरु

अन्य सामग्रीहरु